होटेल व्यवसायः कस्तो बन्ला त ‘नेपालीरिका’को फ्युजन ब्रान्ड ?
निर्माण सञ्चार, बहसःः उद्यम र उद्यमशीलता । राजनीतिक संक्रमण टुंगिएसँगै नेपालमा अब पर्यटकीय गन्तव्य बन्ने सम्भावना बढिरहेको व्यवसायीहरुको बुझाइ छ ।
यस्तै सम्भावना देखेर अस्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुप जस्तो अन्तर्राष्ट्रिय होटेल चेन कम्पनीहरुले नेपालमा धमाधम पाँच तारे रिसोर्ट र होटेलहरु खोल्न थालेका छन् ।
टाइगर प्यालेस ब्रान्डबाट दर्जन बढी होटेल चलाउने सपना बोकेर विदेशीहरु नेपाल भित्रिएको अवस्थामा स्वदेशी होटेल व्यवसायीको अवस्था चाहिँ कस्तो होला ?
पक्कै पनि राम्रो नहोला । होटल तथा पर्यटन क्षेत्रमा प्रतिस्पर्धा बढ्नु राम्रो हो तर अन्तर्राष्ट्रिय चेन होटेलहरुले स्वदेशी उद्यमीहरुलाई मिच्ने र थिच्ने सम्भावना पनि त्यतिकै देख्छन् उद्यमीहरु ।
कृष्णप्रसाद दुलाल यही क्षेत्रमा होमिएका एक सफल उद्यमी हुन् । मेगा लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक दुलाल यतिबेला यस्तै अन्तर्राष्ट्रिय स्तरको होटेल व्यवसाय भित्राउने तरखरमा छन् । नेपाल र अमेरिका दुई शब्द जोडेर ‘नेपालीरिका’ नामको नयाँ ब्रान्ड भित्राउँदै छन् उनी । यो होटेल स्वदेशमा पनि विदेशीलाई जोड्ने माध्यम बन्ने छ, तर नेपालकै माटोको ब्रान्ड हुने छ ।
मोरङको राजघाट–२ जन्मेका दुलाल ०५८ सालमा पूर्वाञ्चल ल्युब प्रालिका नाउँबाट व्यावसायिक यात्रा गरेका हुन् ।
नाडाको महासचिव, फेडोरेसन अफ नेप्लिज चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका सदस्य, राजस्व समिति उपसभापतिको समेत जिम्मेवारीमा रहेका उनको जीवनको आरोह अवरोह साँच्चिकै घतलाग्दो छ । नेपालमा युवा उद्यमी कस्ता सपना देख्छन्, कसरी अघि बढ्न खोजिरहेका छन् भन्नेबारे दुलालसँग निर्माण सञ्चारले गरेको छलफलको अंशः
यसैगरी, माेरङकाे विराटचाेकमा ‘नेपालीरिका’ नामको होटल पनि सञ्चालन गर्ने सोच अघि सारेको हो । यसको निर्माण सुरु भइसकेको छ ।
नेपाली युवाहरु स्पेस नपाएर विदेसिएका हुन् ।
नेपाली शैक्षिक प्रणाली राम्रो नहुँदा उपयोगिता नभएर शिक्षित युवा पनि बेरोजगारी बनेका हुन् । त्यसैले हामीमा स्पेसलाइज्ड ज्ञान र हातमा सीप पनि चाहिन्छ ।
अबको विश्वविद्यालयले पनि यस्ता ट्रेनिङ युवामा दिनु पर्छ । युवाहरुले पनि खोला पारि मात्र हरियो घाँस देख्ने, तर नेपालमै केही गर्दा हुन्छ नभन्ठान्ने रोग दिमागमा पाल्नु हुँदैन ।
विदेशी वर्कसपमा काम गर्न सक्छ भने नेपालमा चाहिँ किन लाज मान्ने ? जबकि, त्यही अटो क्षेत्रमा ९५ प्रतिशत कामदार भारतीय छन् ।
यही काम नेपाली युवाले गर्ने हो भने बिदेसिने क्रममा २० प्रतिशतले कमी आउँछ ।
एउटा भारतीयले महिनाको लाख आइसी आफ्नो देश भित्र्याउँछ, तर हाम्रो नेपाली युवाले खाडीबाट ३० हजार भित्राउने पनि कुन्नि !
घर बनाउने मिस्त्रीदेखि, काठको राम्रो ज्यामी पनि नेपाली युवाले नगर्दा भारतीयहरु नेपाली बजारमा बिकिरहेका छन् । बेरोजगारी भो भनेर नेतालाई गाली गरेर मात्रै अब सुख पाइन्छ जस्तो मलाई लाग्दैन ।
यसैले गर्दा नै हामी पछि परेका पनि हौं नि ।
...
शुक्रबार, ४ फागुन, ०७४
प्रकाशित: २०७४ फाल्गुण ३
तपाई आफैंबारे केही बताइदिनु हुन्छ कि !
आफ्नो विगतबारे धेरै बोल्न त म चाहन्नँ । तर, पनि केही घटनाहरु नभनी रहन पनि सकिन्न । म ५ वर्ष र भाइ २ वर्षको थियौं, बुबाले हामीलाई छाडेर स्वर्गे हुनुभयो । त्योसँगै मेरो जिन्दगीको संघर्षपूर्ण यात्रा सुरु भयो । उर्लाबारीबाट एसएलसी गरेर महेन्द्र मोरङ र दमक क्याम्पसबाट कमर्समा ब्याचेलरसम्मको शिक्षा हासिल गरेँ । आजको अवस्थामा आइपुग्नुमा विगतको संघर्ष नै प्यारो छ मेरा लागि ।जीवनमा पहिलो पटक जागिर खाएको कुनै उदाहरण छ ?
छ नि, रोचक पो छ त । एसएलसी लगत्तै आम्दानी कसरी हुन्छ होला भन्ने सोचले लखेटिरहेको थियो । किनकि घरको जिम्मेवारी सम्हाल्ने म आफैं भएकाले बुबाको अन्त्यपछि व्यावहारिक हुनु मेरो बाध्यता थियो । एसएलसी लगत्तै ०४५ साल भदौमा मैले दमकको मेसेनरी पसलमा काम सुरु गरें । माहिनाको २ सय रुपियाँ तलब थियो । यो मेसेनरी पसलमा २ वर्ष काम गरें । त्यसपछि महेन्द्रनगरमा ‘वाटर पम्पिङ’ मेसिनको पसलमा काम गरें । यो मेरा लागि व्यावसायकि दुनियाँमा अघि बढ्ने पाइला थियो कि जस्तो यतिबेला लाग्छ । त्यसपछि ... ? त्यसले नै हामीलाई दुई भाइलाई व्यावसायिक दुनियाँमा धकेलिदियो । ०४९ सालबाट हामी दाजुभाइ मिलेर विराटचोकमा ‘सत्कार मेसिनरिङ’ कम्पनी खोल्यौं जहाँबाट हाम्रो व्यावसायिक यात्रा सुरु भएको थियो । हामी फैलदै गयौं । त्यसले ०५८ सालमा पूर्वाञ्चल ल्युव प्रालिको रुप लिएको हो । यसैले नै मेगा लुब्रिकेन्ट्ससम्मको यात्रा तय गर्यो । तपाईं लुब्रिकेन्ट क्षेत्रमा चाहिँ कसरी आउनुभयो त ? आर्थिक अभावले गर्दा कमाइ धमाइ खोज्न होमिएको एउटा किशोरले कमाइ गर्ने सिलसिलामै जे जस्तो काम आइपर्यो, त्यही गर्दा गर्दा यहाँ आइपुगियो जस्तो मलाई लाग्छ । आफैँले काम गर्दै पढ्दै गर्नुको विकल्प पनि थिएन मलाई । २ सयको जागिर परित्याग गर्दा हामीमा हिम्मत जन्मिसकेको रहेछ । २५ लाखमा जग्गा बेचेर थपथाप गरेर १ करोड जति बनाएर हामीले आफ्नै कम्पनी सुरु गरेका थियौं । पहिला हामीले चौधरी ग्रुपको पम्प सेट सप्लाइ गर्याैं । हरेक कृषकको घरमा गएर पम्प सेट बिक्री पनि र सेवा पनि दुवै दिन्थ्यौं । झन्डै एक हजार जति पम्प हामीले सेट गरेका थियौँ । त्यसपछि कसरी अघि बढ्यो पाइला जब चौधरी ग्रुपले भेटै दिएन ? त्यसताका हामीले बजारमा धेरै ‘गुडविल’ पाइसकेका थियौं । यसका आधारमा हामीलाई के लाग्यो भने, चौधरी ग्रुपकै सामान सप्लाइ गरेकाले हामीले चौधरी ग्रुपका मेनेजरसँग भेट गर्न चाह्यौं । तर, चौधरी ग्रुपको मेनेजरले कहिल्यै समय दिएन । त्यसपश्चात हामीले चौधरी ग्रुपको प्रोडक्ट सेल नगर्ने निर्णय लियौं । किनकि हामीलाई चौधरी ग्रुपले उँभो लाग्ने विश्वासै हुन छाडिसकेको थियो । हामी अझै अघि बढ्न चाहन्थ्यौं चौधरी ग्रुप सहयोगी नहुने हामीलाई लाग्यो । त्यसपछि आफैँले कम्पनी खोलेर अघि बढ्ने विचार गरेका हौं । के हो त यो पूर्वाञ्चल ल्युब प्रालि ? पूर्वाञ्चल ल्युव प्रालि एउटा व्यावसायिक ग्रुप हो । यसमा हामी ११ जना सदस्य छौँ । हामीले अहिलेसम्म जति व्यवसाय गरेका छौँ यो सबै पूर्वाञ्चल ल्युब प्रालिकै मातहतबाट अगाडि बढिरहेको छ । यस प्रालिले मेगा लुब्रिकेन्टस, स्टार लुब्रिकेन्टस ब्रान्डका रुपमा उत्पादनहरु बजार लग्ने गर्छ । पूर्वाञ्चल ल्युब प्रालि ग्रुपले नै ब्राइटफ्युचर स्कुल, हिमशिखर टेलिभिजन (दमक), हिमशिखर एफ एम (दमक), पेट्रोलपम्प, पूर्वाञ्चल पोलिमर सञ्चालन गरिरहेको छ ।
यसैगरी, माेरङकाे विराटचाेकमा ‘नेपालीरिका’ नामको होटल पनि सञ्चालन गर्ने सोच अघि सारेको हो । यसको निर्माण सुरु भइसकेको छ ।
अचम्मको फ्युजन गर्नु भएको रहेछ, नेपालीरिका कसरी जन्मियो ?
हो सुरु सुरुमा नाम जुरेपछि हामीलाई पनि नौलो नै लागेको थियो । स्वदेश र अमेरिकी ब्रान्डका रुपमा यसलाई अघि बढाउने भएपछि यस्तो अपूर्व नाम छनोट गरिएको हो । विशेष गरी पर्यटन उद्योग कसरी अघि बढाउने भन्ने सोचले होटेल खोल्ने र होटेल पनि कस्तो भन्दा ‘युनिक’ त हुनु पर्याे नि हैन र ? हाम्रो कम्पनीको बजार हिस्सा कस्तो छ त ? अत्यन्त राम्रो प्रश्न गर्नुभो, यतिबेला नेपाली लुब्रिकेन्ट्सको बजार हिस्सा भनेको ३५ प्रतिशत छ, जुन नेपाली उत्पादनले नै लिएको छ । ६५ प्रतिशत विदेशी ब्रान्डका उत्पादनले बजार ओगटेको छ । तर, नेपाली बजारमा मेगा लुब्रिकेन्ट्स एक्लैको बजार हिस्सा भनेको १० प्रतिशत छ । नेपालका ७ वटै प्रदेशमा हाम्रो बजार विस्तार भइसकेको छ ।लुब्रिकेन्ट्स उत्पादन र बिक्रीवितरणमा के कस्तो छ त ?
नेपालमा खुला सीमाका कारण बजार निकै नै अनियन्त्रित छ । गुणस्तरहीन लुब्रिकेन्ट्स बनाएर सस्तोमा बजारमा लैजानेहरु छन् । यसमा सरकारले ध्यानै दिएको पाइन्न । भारतबाट कमसल लुब्रिकेन्ट्स भित्रिने भन्सार छली हुने काम ज्यादै नै छ । यसले गर्दा हामीजस्ता नेपाली उत्पादकहरु भने सारै मार्कामा छौँ ।सरकारसँग केही कुरा गरेनौं हामीले यस बारेमा ?
पटक पटक प्रयत्न गरियो । कस्टम व्यवस्थित गर, हामी कर तिरेर राज्यलाई पनि बनाउनु पर्छ भन्नेहरु चाहिँ कर छल्ने र कालोबजारी गर्नेहरुबाटै पीडित छौं । अब चाहिँ एफएनसिसिआइ वा अन्य औद्योगिक संगठित प्रयत्नबाटै सरकारसम्म पुग्ने सोचमा छौं । लुब्रिकेन्ट्सको उत्पादनका लागि चाहिने कच्चा पदार्थमा १५ प्रतिशत कर सरकारले लिइरहेको छ । तर नेपालमै उत्पादन गरी आत्मनिर्भर गर्न चाहने हो भने त सरकारले यहाँभित्रै कम्पनी सञ्चालन गर्न प्रोत्साहन दिनु पर्ने हो नि । त्यसका लागि भन्सार कर १० प्रतिशतमा झार्नु पर्ने हाम्रो माग छ । तर, सरकारले सुनिरहेको छैन । एकाएक होटेलतिर किन लाग्नु भएको त ? कतै लुब्रिकेन्ट्सबाट सन्तुष्टि मिलेन कि ! त्यस्तो केही हैन । लुब्रिकेन्ट्स त निरन्तर अगाडि बढिनै रहन्छ । होटेल खोल्नुमा हाम्रो फरक भिजन रहेको छ । अबको प्रदेश १ मा मोरङको क्षेत्रमा जनसङ्ख्या पनि लाख बढी पुग्नेवाला छ । यो क्षेत्रमा पर्यटनको विकास पनि फस्टाउनेवाला छ । त्यसैले यहाँ राम्रो स्तरको होटलको आवश्यकता भइसकेको छ ।कस्तो हुने छ ‘नेपालीरिका’ ?
‘नेपारिका’ उच्च स्तरीय होटेल हुने छ । २ वर्षमा बनाइसक्ने योजना छ । होटलमा ५० कोठा, २ वटा मिटिङ रुम, स्विमिङ पुल, चिल्ड्रेन पार्कसहितको भव्य निर्माण हुँदैछ ।तपाईंकै उद्योगबाट काम सिकेका युवाहरु कस्तो कस्तो काम गर्दै छन् त ?
धेरै युवाहरु हामीबाट पनि राम्रो पाठ सिकेर अघि बढिरहेका छन् । मेरै कम्पनीमा ४५ हजार तलबमा काम गर्ने एक भाइले अहिले हामीले जस्तै लुब्रिकेन्ट्स कम्पनी खोल्नुभएको छ । यस्तै, धेरै उदाहरण छन् । हामीसँगै जोडिएर डिस्टुब्युट्रको काम गर्ने ४ जनाले कम्पनी खोलिसक्नु भएको छ । यसले आफूलाई पनि खुसी लाग्छ ।विदेशी रहेका युवा र हाम्रो शैक्षिक प्रणालीका बीचमा कुनै साइनो छ ?
छ नि । यही शिक्षा प्रणालीले हातमा सीप, काँधमा जिम्मेवारी र बजारमा श्रम बेच्ने ल्याकत दिएको भए आज युवा किन बिदेसिने थिए र !
नेपाली युवाहरु स्पेस नपाएर विदेसिएका हुन् ।
नेपाली शैक्षिक प्रणाली राम्रो नहुँदा उपयोगिता नभएर शिक्षित युवा पनि बेरोजगारी बनेका हुन् । त्यसैले हामीमा स्पेसलाइज्ड ज्ञान र हातमा सीप पनि चाहिन्छ ।
अबको विश्वविद्यालयले पनि यस्ता ट्रेनिङ युवामा दिनु पर्छ । युवाहरुले पनि खोला पारि मात्र हरियो घाँस देख्ने, तर नेपालमै केही गर्दा हुन्छ नभन्ठान्ने रोग दिमागमा पाल्नु हुँदैन ।
विदेशी वर्कसपमा काम गर्न सक्छ भने नेपालमा चाहिँ किन लाज मान्ने ? जबकि, त्यही अटो क्षेत्रमा ९५ प्रतिशत कामदार भारतीय छन् ।
यही काम नेपाली युवाले गर्ने हो भने बिदेसिने क्रममा २० प्रतिशतले कमी आउँछ ।
एउटा भारतीयले महिनाको लाख आइसी आफ्नो देश भित्र्याउँछ, तर हाम्रो नेपाली युवाले खाडीबाट ३० हजार भित्राउने पनि कुन्नि !
घर बनाउने मिस्त्रीदेखि, काठको राम्रो ज्यामी पनि नेपाली युवाले नगर्दा भारतीयहरु नेपाली बजारमा बिकिरहेका छन् । बेरोजगारी भो भनेर नेतालाई गाली गरेर मात्रै अब सुख पाइन्छ जस्तो मलाई लाग्दैन ।
यसैले गर्दा नै हामी पछि परेका पनि हौं नि ।
...
शुक्रबार, ४ फागुन, ०७४
प्रकाशित: २०७४ फाल्गुण ३
February 15th 2018
प्रतिक्रिया दिनुहोस्