ग्रील उद्योगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी तालिम
निर्माण सञ्चार, २३ भदौ, काठमाडाैँ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको पहलमा सिटीईभिटी अन्र्तगतको ईन्स्योर प्रोजेक्टको सहयोगमा २ दिने तालिमको आयोजना गरिएको छ । भाद्र २२ र २३ गते ग्रील तथा स्टील उद्योगमा कार्यरत कर्मचारीहरुलाई दिनकाे लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धि २ दिने तालिमको आयोजना गरिएको हाे।
उक्त तालिमको शुभारम्भमा महासंघका अध्यक्ष मोहन कटुवालले सेफटी सम्बन्धी सामान्य ज्ञानको अभावको कारण ३ बर्ष भित्र ५७ जनाले अकालमा ज्यान गुमाएका छन् भने सयौको संख्यामा अंगभङ हुने र गम्भीर किसिमका चोट पटक लागेको बताए।
उनले भने, ' चाेटपटक जस्ता घटनालाई लिएर महासंघले विभिन्न सरोकार वाला निकायसंग सहकार्य गरि ग्रील उद्योगमा काम गर्ने कामदार र उद्योग सञ्चालकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी देशब्यापी रुपमा छोटो अवधिको तालिम सञ्चालन गरि सबैलाई सम्भावित दुर्घटनाबाट बचाउन जनचेतनामुलक रूपमा यो तालिम सञ्चालन गरिएको हाे।'
अहिले देशभरि सञ्चालित ११ हजारभन्दा बढी ग्रील तथा स्टील फेब्रिकेटर्स उधोगहरुमा १ लाख ६५ हजार श्रमिकहरुले काम गरिरहेका छन् जसमाअधिकाशंले कुनैपनि किसिमको तालिम लिएका छैनन । तालिम लिएकाहरु सबै बिदेश पलायन भएका छन् ।
त्यस्ता तालिम नलिएका कामदारहरुलाई उधोगमा काम लगाउदा उच्च जोखिम देखिएको हुदां जोखिम न्युनिकरण गर्न र अस्त ब्यस्त उद्योगलाई ब्यवस्थित गर्न मेसिनहरुको प्रयोग गर्ने विधि, सम्भार र संरक्षण गर्ने तरिका समेत यस तालिममा सिकाइने हुँदा उद्योग व्यवस्थित र मर्यादित हुने सिटीईभिटीका निर्देशक ईन्स्योर परियोजना प्रमुख टेकबहादुर मल्लले बताए।
उनले यस प्रकारको तालिम पहिलो पटक ग्रील तथा स्टील उद्योगबाट सुरु गरिएको हुदा सबैलाई गम्भीर भएर सिक्न आग्रह गरे ।
दातृ संस्थाको तर्फबाट एसडिसीका बरिष्ठ कार्यक्रम अधिकृत डा.उषा भण्डारीले ग्रील तथा स्टील उद्योग ब्यवसायको राम्रो बजार रहेको र यो क्षेत्रले ठुलो संख्यामा रोजगारी श्रृजना गरेको हुँदा ग्रील तथा स्टील उद्योग ब्यवसायबाट यो तालिम सुरु गरिएको बताइन्।
पहिलो तालिमको रुपमा उपत्यकाका तिनवटा जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका १० उद्योगबाट उद्योग सञ्चालक र श्रमिकहरु १र१ जना गरि जम्मा २० जनालाई तालिम दिइएकाे छ । पहिलो चरणका ७ वटै प्रदेशमा यो तालिम सञ्चालन गरिने र पछि सबै जिल्लाहरुमा सञ्चालन गरिने जानकारी तालिम संयोजक अमृतबहादुर श्रेष्ले बताए ।
प्रकाशित: २०७६ भाद्र २३
प्रकाशित: २०७६ भाद्र २३
September 9th 2019
प्रतिक्रिया दिनुहोस्