ग्यास लिकेज भई आगलागी भए कसरी गर्ने नियन्त्रण ? सिकौं यसरी
आइतबार, जेठ ११, ०७६, निर्माण सञ्चार,काठमाडौं । शनिबार राजधानीमा आगो लागि बाट कसरी बच्न सकिन्छ भन्ने सुरक्षा तालिम सञ्चालन गरिएको छ । सबैको लागि सुरक्षा’ भन्ने नाराको साथ अपाङ्गगता समाबेसी अग्नि सुरक्षा तालिम सञ्चालन गरिएको हो ।
सरोकार फाउन्डेशन र श्रुती नामक गैरसरकारी संस्थाको आयोजना तथा काठमाडौ महानगरपालिका ४ वडा विपद ब्यबस्थापन समितिको सहभागिता तथा काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोगमा भएको तालिममा काठमाडौं दमकलका पूर्व प्रमुख किशोरकुमार भट्टराईले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
तालिममा उनले सैद्धान्तिक प्रस्तुतीसँगै आगलागी नियन्त्रणको बिधी तथा ग्यास सिलिन्डरमा आगलागी हुन सक्ने सात सम्भावित तरिका तथा यसको नियन्त्रण बिधीको बारेमा प्रदर्शन गरिएको थियो । यो बिधी प्रशिक्षक किशोरकुमार भट्टराईले अनुसन्धान गरि तयार पारेका हुन् ।
बिपदले सवालङ्गभन्दा अपाङ्गगता भएका ब्यक्तिलाई अझ बढी असर गर्ने भएपनि नेपालमा अपाङ्गगता भएको ब्यक्तिहरुलाई बिपदबाट बच्ने र बचाउने तालिम दिएको पाइदैन । “अपाङ्गगता भएको ब्यक्तिको अधिकारको सम्मान गर्दै हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,” प्रशिक्षक भट्टराईले भने । उनले यसभन्दा अघि खगेन्द्र नवजीवन केन्द्रका ह्विल चियर प्रयोगकर्ताहरुको लागि पनि अग्नि सुरक्षा सम्बन्धी तालिम दिएका थिए ।




प्रकाशित: २०७६ जेठ १२




प्रकाशित: २०७६ जेठ १२
May 26th 2019
प्रतिक्रिया दिनुहोस्